पानी पुरी खाने किशोरी
छोटो-छोटो पोशाक
फरर -फरर उड्दा
भित्री वश्त्र देखिने
एक झुण्ड किशोरी
पानी पुरी खाँदै
हंसी मजाक गर्दै
मुरी मुरी हाँस्दा
पुरीको झोल
ओंठबाट झरी
छातिबाट बग्दा
फिस्स हाँसी
वाल्ल परी हेर्थ्यो
पानी पुरी दादा ।
” लौ तेरो त…”
भन्दै खितित्त
हाँस्थे सखीहरु ।
टक्क रोकिइ
पुर्लुक्क हेर्थे
वटुवाहरु ।
गर्दा खिसी एउटीको
अर्कीको पनि
हुन्थ्यो त्यही गती ।
पानी पुरीको
रंग लगाई
मुष्ठै पैसा तिरी
टिमिक्-टिमिक्
चाल चाल्दै
छोटा-छोटा
पोशाक उडाउंदै
हुत्तिए भीड ठेल्दै ।
पानी पुरी खाने किशोरी
– बुटवल
२०७१ चैत १५