शिक्षण जीवनका अनुभवहरु (१६ )

शिक्षण जीवनका अनुभवहरु ( १६ )
२०७१ चैत १८

कमजोर विद्यार्थीलाई विशेष निगरानी

हरेक कक्षामा औसत विद्यार्थी भन्दा कमजोर विद्यार्थी हुन्छन् । विषय शिक्षकलाई कमजोर विद्यार्थीबारे ज्ञात भई हाल्छ । तर
पहिलो त्रैमासिक परीक्षाको रिजल्ट प्राप्त भएपछि मात्र त्यस्ता विद्यार्थीको पहिचान गरेर सूची बनाउनु पर्दछ । कमजोरलाई विशेष निगरानी गरी सुधार गर्न निम्न उपायहरु उपयुक्त हुन सक्छन् ।

१/ त्यस विद्यार्थीलाई पहिलो वा दोस्रो बेन्चमा तेज विद्यार्थीसंगै बसाल्ने । उसलाई नजानेको कुराहरु सिकाइ दिन अह्याउने ।
२/ उसलाई अन्यको दाँजोमा कमजोर भएको पाठबारे अलिक थप गृहकार्य दिने ।
३/ कक्षामा गृहकार्य जाँच्दा उसको सबभन्दा पहिले जाँच्ने । यसो गर्दा उसले नियमित गृहकार्य गर्ने बानी बसाल्छ ।
४/ प्रश्न सोध्दा उसैसंग पहिले सोध्ने । यसो गर्दा उसमा चनाखो भएर सुन्ने बानीको विकास हुन्छ ।
५/ निज सीमान्तकृत वर्गको भएमा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने ।