शैक्षिक जीवनका अनुभवहरु ( ४३ )
२०७२ वैशाख १६ गते बुधलवार
उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं ।
इमान्दार भएर उद्धार सामग्रीको बितरण गरियोस् ।
२०७२ साल वैशाख १२ र १३ गतेको अकल्पनीय महाभूकम्पको चपेटामा परी मर्माहत भएका नेपाली जनताको उद्धारको पवित्र भावनाले प्रेरित भई मित्र राष्ट्रहरूले उद्धारकर्ता जवानहरु र सहयोग सामग्री पठाएका छन् । दुखमा सच्चा मानिसले मात्र मानवता देखाउँछ ।धन्यवाद छ । साधुवाद, छ वहाँहरुलाई ।
हामी नेपालीहरुले पनि आफ्ना पीडित दाजुभाइहरुलाई उदार मनले राष्ट्रिय महाबिपत्तिमा सहयोग गरौं । तर सहयोग गर्दा आधिकारिक निकाय वा संस्थालाई मात्र गर्नु उचित हुन्छ । जसको अगुवाइमा संकलित रकम, राहत सामग्री दुरुपयोग हुन नपावस् । वास्तविक पीडित वर्गले राहत पावस् । नियामक निकाय पनि दुरुपयोग हुनबाट सतर्क होस् । वितरण गर्न खटाउने र खटिने मानिसका मनमा लोभ नपलावस् ।हे भगवान ! यस्तै होस् ।यस्ता सामग्रीमा भ्रष्टाचार नहोस् । लुकी लुकी घर र आफन्तको घरमा कोसेली भनी कसैले नलगोस्, नलैजावस् । विपत्तिमा सम्पत्ति कसैले नजोडोस् । नत्र महापाप लागोस्, यस्तो कुकृत्य गर्नेलाई । कीरा परोस् भ्रष्टाचारीको मुखमा ।