शिक्षण जीवनका अनुभवहरु ( ८ )
अचेल परीक्षाको समय हो । अंग्रेजी विषयमा निबन्ध लेख्नु पर्ने प्रश्न दिने चलन छ । प्रायः प्रश्न यस्तो सोध्ने गरिन्छ –
” Write a short essay on Dashain or Tihar” यो प्रश्नमा अहिन्दू विद्यार्थीहरुले राम्ररी जवाफ लेख्न सक्दैन नै । त्यस प्रश्नको ठाउँमा यसरी सोधौं – “Write a short essay on your family festival that you have enjoyed”. यस प्रश्नमा सबै जातजातिले आ-आफ्ना पर्वको बारेमा अवश्य लेख्ने छन् ।