शैक्षिक जीवनका अनुभवहरु (३३ )

शैक्षिक जीवनका अनुभवहरु (३३ )

२०७२ वैशाख ६ गते आइतवार

शिक्षक र समय      

शिक्षक भएपछि समयलाई महत्व दिनु पर्छ । समयमा विद्यालयनिम्ति प्रस्थान गरी समयमा विद्यालय पुग्नु । प्रार्थना सभा ( assembly ) मा सहभागी हुनु । कक्षा प्रवेश भन्दा केही समय पहिले पढाउनु पर्ने पाठबारे सरसर्ति अध्ययन गरी mental plan बनाउनु । पहिलो घंटी लागीसकेपछि हतार -हतार कक्षा प्रवेश गरेर मनिटरलाई हाजिरी रजिष्टर, चक ,डष्टर आदि लिएर आउनु भनी अह्याउनु जस्तो खराब बानी अरु केही हुंदैन । आफ्नो काबु बाहिरको परिस्थिति आएमा विद्यालय प्रशासनलाई खबर गर्नु पर्दछ ।

बिलम्ब गरी विद्यालय पुग्ने गर्ने गरेमा सबै भन्दा पहिले आफ्नै विद्यार्थीको नजरमा राम्रो भइन्न । उनीहरुले ” किन ढिलो सर / मिस ” भनी सोध्छन् ।धेरै दिनको बहाना चल्दैन । जेठाबाठाको अदब राख्नु पर्दछ । वरिष्ठ /  सिनियरले केही भनेमा सहन सक्नु पर्दछ । तर जुनियर / कनिष्ठलाई सोध्ने मौका दिएमा ग्लानि अनुभूति हुनु पर्दछ । अत: अदब राख्नु पर्दछ । डर लिनु पर्दछ ।कसैसंग न डराएमा पनि आफैसंग डराउनुपर्छ । शिक्षकको दैनिकी विद्यार्थीकोनिमित्त नमूना / role model बन्न सक्नु पर्दछ ।