शैक्षिक जीवनका अनुभवहरु (३६ )

शैक्षिक जीवनका अनुभवहरु (३६ )

२०७२ वैशाख ९ गते बुधवार

छात्रहरु भन्दा छात्राहरुले बढी गृहकार्य गर्दछन् 

दैनिक कक्षा शिक्षणमा पाठको अन्तमा गृहकार्य दिनु पर्ने नियम हुन्छ । तर दिनकादिन दिनु पर्छ नै भन्ने होइन । गृहकार्य दिने कुरा पाठको प्रकृतिमा भर पर्दछ । शिक्षकले ठीक- ठीक निर्णय लिनु पर्दछ । गृहकार्य दिंदा विद्यार्थीले समाधान गर्न सक्ने प्रकृतिको हुनु पर्दछ । नत्र भने  गरी ल्याउन सक्तैनन् ।

कक्षामा छात्रहरु छलफलमा सहभागी हुन्छन् । डर, संकोच मान्दैनन् । तर छात्राहरु प्रश्नोत्तर गर्दैनन् । दिएको गृहकार्य सही गलत जे भएपनि उनीहरु गरेर ल्याउँन्छन् । तर केटाहरुको स्वभाव भने बेग्लै किसिमको हुन्छन् । उनीहरु लेख्नै पर्ने गृहकार्य पनि छल्न खोज्छन् । परिणाम त परीक्षामा  न्यून अंक पाएका हुन्छन् । मेरो आफ्नो अनुभवमा  गृहकार्य गर्नेको संख्या छात्र भन्दा छात्राहरु धेरै हुन्छन् ।trong>