शैक्षिक जीवनका अनुभवहरु ( ४४ )
२०७२ वैशाख १७ गते विहिवार
प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गरौं
महाभूकम्पको कारणले हाम्रो देश विपदमा परेको छ । देश रोई रहेको छ ।देश संकटमा छ ।नागरिक घरवास विहिन भएका छन् ।पीडित नागरिक राहत खोजी रहेका छन् ।प्रत्येक नागरिकले आ-आफ्नो स्थानबाट गच्छे अनुसार सहयोग गर्नु पर्दछ र गरौं भन्ने पारिवारिक छलफल चलिरहेको थियो । निखिल चेतना केन्द्र ,बुटवलका गुरु बहिनीहरु सहयोगको अपेक्षा राख्दै घर आउनु भयो । गोरखाका भूकम्प पीडित नागरिकलाई सहयोग पठाउने उद्देश्य बताउनु भयो । योजना जायज लाग्यो । यथोचित रकम प्रदान गर्यौं ।
म एक सेवानिवृत्त शिक्षक हुं ।राष्ट्रले मलाई दिनु पर्ने बेलामा मनग्गै दिएको छ ।मैले पनि केही दिने वेला आयो भन्ने सोंच आयो । एउटाको पीडामा अर्कोले सहयोग गर्नु नै नागरिक कर्तव्य हो । सरकारी टेक्स कटाइ पाउने एक महिनाको पेन्सन रकम राहत कोषमा दाखिला गर्ने संकल्प गरेको छु ।
मित्रहरु ।
तपाईहरुले पनि आ-आफ्ना ठाउँबाट सहयोग गर्नुस् , है !