शैक्षिक जीवनका अनुभवहरु ( ४६ )

शैक्षिक जीवनका अनुभवहरु ( ४६ )

२०७२ वैशाख १९ गते शनिवार 

कुराको सगरमाथा बनाउन सबै दक्ष छन् ।

मानिस पहिला गाँस खोज्छ । अनि वास खोज्छ ।घर मानिसको भर हो । आश्रय हो ।

 समय ,परिस्थिति र औकात अनुसार मानिस घर बनाउँछ ।सबैले मापदण्ड पु-याउन सक्तैनन् । यसै कमजोरीलाई भूईचालोले प्रहार गर्दछ । गर्यो नै, काइदाले । तर विपद व्यवस्थापनमा सरोकारवाला सबै चुक्यौं । कुराको सगरमाथा बनाउन सबै दक्ष छन् ।