शैक्षिक जीवनका अनुभवहरु (५५ )

शैक्षिक जीवनका अनुभवहरु (५५ )

२०७२ वैशाख २८ गते सोमवार

विद्यालयहरु सा-साना र भूकम्प प्रतिरोधक बन्नु पर्दछ ।

२०७२ वैशाख १२ र १३ गते आएको भूकम्पले प्रभावित क्षेत्रमा विद्यालयको संरचना भत्काएको अवस्था रहेको छ । असंख्य विद्यार्थीको दैनिक पठनपाठन रोकिएको छ । यसबाट हाम्रो विद्यालय भवनहरु तत्कालीन काम चलाउ अवस्थाका मात्र रहेछन् भन्ने स्पष्ट भएको छ । शनिवार भूकम्प आएको हुनाले विद्यार्थीहरुको भागदौड़ हुन पाएन । लामो समयसम्म पढाइ रोकिएको र अझै बन्द रहने अवस्था रहेको छ ।

उपत्यकामा विद्यालयहरुमा रेक्ट्रोफिटिंग गरी केही हदसम्म भएपनि भूकम्प छेक्ने प्रयास भएको थियो ।यसरी निर्माण भएका विद्यालयहरु हदसम्मै भूकम्प छेक्न सफल छन् ।यस्तो सकारात्मक कार्यमा सरोकारवाला सबै लाग्नु पर्दछ ।

अब बन्ने विद्यालयहरु स-साना र भूकम्प प्रतिरोधक किसिमको हुनु पर्दछ ।