शैक्षिक जीवनका अनुभवहरु (६०)

शैक्षिक जीवनका अनुभवहरु (६०)

२०७२ जेष्ठ २ गते शनिवार

भूकम्प पीडितलाई राहत र पुन:स्थापनाकोलागि छिटो छरितो निर्णय लिनु पर्छ

२०७२ वैशाक १२,१३ र २९ का दिनहरू नेपाली जनताकालागि शोक, संकट र विपद्को पर्याय भएर आए ।
नेपाली मनहरु द्रवित छन् । दु:खले कुंदिएका छन् । आफन्त गुमाउनु परेको असहज पीड। घाइते शरीरहरु । वास भत्केको अवस्था । डामाडोल व्यवसाय । पुरिएको खेतबारी । भोका गाईवस्तु । आदि अप्रत्याशित परिस्थितिले नेपाली मानवता संकटमा छ । 

यस्तो भूकम्पले निम्त्याएको कारुणिक अवस्थामा सरोकारवाला सबैले छिटो छरितो निर्णय लिई राहत सामग्री खाँचों परेको ठाउँमा पुर्याउनु नै कर्तव्य पालन हुन जान्छ । नेपाली प्रशासन प्रणाली परम्परागत “हाकिमी” शैलीको छ । निवेदन गर्नु । सिफारिस गराउनु । आदेश गर्नु । टिप्पणी लेख्नु । पेश गर्नु । सदर गर्नु । कारिन्दा खटाउनु ।वितरण गर्नु ।रेकर्ड राख्नु ।

हालको असहज वेलामा Crisis Management अनुसार कार्य सम्पादन गर्नेको विकल्प हुंदैन । यसैकारण नेपाली सेनाले नेतृत्व लिएर सेवा गरेको कार्य केही traditional bureaucracy personnel ले बाहेक सबैले सराहना गरेका छन् । सेनामा आदेश र पालना तदारुकताकासाथ हुने गर्दछ । दैनिक प्रशासको chain of command टुटेको भान पर्नु स्वाभाविक हो । 

मित्र राष्ट्रका सैनिक उद्धार टोलीले पनि सोझै नेपाली सेनासंगै समन्वय गरेर आफ्नो पुनित कार्यमा लागेको प्रत्यक्ष भएको छ । विपद् र संकटमा ” युद्ध शैली ” प्रभावकारी हुन्छ न कि “प्रशासन शैली”। मेरो सलाम छ ,नेपाली सेनाका जवानहरुलाई ।