शिक्षण जीवनका अनुभवहरु ( १०२ )
२०७२ असार १९ गते शनिवार
शिक्षणमा पेसाको गन्ध भन्दा सेवाको भाव बढी थियो ।
अध्यात्म प्रवचनहरूमा सन्त,महन्त र महिषीहरु भन्छन् –
आत्मालाई प्रकाश प्यारो हुन्छ । मनलाई अंध्यारो प्यारो हुन्छ । सामाजिक कार्य कुनै आत्माको खुसीकोलागि गर्नु पर्दछ । परमात्मा मेरो नजिकै उपस्थित छन् । मनको खुसी भन्दा आत्माको खुसीकोलागि काम गर्नु पर्दछ । गरें । त्यही गरें । मलाई यस्तै जुर्न आयो । आत्मा दीर्घकालीन उपलब्धि चाहन्छ । मन क्षणिक सुख खोज्दछ । हाम्रो शरीरमा आत्मा र मनको बीच द्वन्द भई रहन्छ ।यो द्वन्द आत्माले नै जितेको राम्रो हुन्छ । मलाई पनि त्यस्तै लाग्यो । आत्माको आदेश अनुसार सामाजिक लाभकोलागि काम गरें । भौतिक लाभकोलागि गरिन । चार दशक भन्दा लामो समय शिक्षण क्षेत्रमा अर्पण गरें । त्यसमा पेसाको गन्ध भन्दा सेवाको भाव बढी थियो ।