(१०५) आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।

शिक्षण जीवनका अनुभवहरु ( १०५ )

२०७२ असार २२ गते मंगलवार

आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।

त्येतिबेला कक्षा कोठा ७०-८० जना विद्यार्थीले भरिएका हुन्थे ।शिक्षकहरुले ठूलो  स्वरमा चिच्चाइ -चिच्चाइ पढाउनु पर्दथ्यो । शिक्षण विधि थियो – lecture / प्रवचन विधि । शैक्षिक सामग्री केही मात्रामा हुन्थ्यो । मैले किताब र कालोपाटी प्रयोग गर्नु पर्थ्यो । मैले विद्यार्थीहरूलाई पनि जीवन्त शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्थें । भारतीय अखवार “आज”, पत्रिकाहरू “धर्मयुग” ,”दिनमान”,”नवनीत ” र “सरिता” आदि पढ्दा नयाँ विधि सिक्थें ।यद्यपि म नयाँ र काँचो शिक्षक थिएं । तर आत्मविश्वासका साथ पढाउँथें । शिक्षणमा म रम्न थालें ।