(१०७) अंग्रेजी विषय पढाउन अप्ठेरो थियो

शिक्षण जीवनका अनुभवहरु ( १०७ )

२०७२ असार २४ गते विहिवार

अंग्रेजी विषय पढाउन अप्ठेरो थियो

प्राथमिक कक्षामा अंग्रेजी पढाउनु सजिलो कुरा थिएन । Capital and Small alphabets , Simple words,Sentence formation आदि साना कक्षालाई पढाइन्थ्यो । कक्षा ४-५ लाई सामान्य पुस्तक हुन्थ्यो ।

Translation र Story पनि पढाइन्थ्यो । विद्यार्थीहरूलाई story को अनुवाद गरेर पढाउँदा बडो चाख लिएर पढ्थे 

Question / Amswer गर्नु प-यो भने उनीहरुलाई भारी बोकाएकोझैं हुन्थ्यो ।वाचन पनि गर्न सक्दैनन् थिए ।

ब्रिटिश सेनामा काम गर्ने अभिभावकहरुको छोराछोरी भने अंग्रेजीमा राम्रो हुन्थे । उनीहरुको घरको वातावरण पनि शिक्षित प्रकारको हने हुनाले त्यसको प्रभाव कक्षामा पनि देखिन्थ्यो । अन्य विद्यार्थीलाई अंग्रेजी पढाउँदा ” दिन भरि करायो, बाजेको दक्षिणा हरायो” झैं हुन्थ्यो ।