शिक्षण जीवनका अनुभवहरु ( ११६ )
२०७२ साउन ३ गते आइतवार
नेपालमा प्राविधिक शिक्षा महंगो छ ।
सरकारी क्षेत्रका र निजी क्षेत्रका विद्यालयहरुले गुणात्मक प्राविधिक शिक्षा ( इन्जीनियरिंग, मेडिकल, कम्प्यूटिंग,वन अध्ययन ,मेकानिकल आदि ।) अध्यापन गराएको हुंनाले नेपाली विद्यार्थी विदेश पलायन हदैसम्म रोकियो । ठूला प्रतिष्ठानहरु पनि स्थापित हुन थाल्यो । विदेशी विद्यार्थी पनि केही मेडिकल विषय अध्ययन गर्न नेपाल आउन थाल्यो । अन्तराष्ट्रीय शिक्षालयहरुले पनि सम्बन्धन देखाइ / लिइ संचालन हुन थाल्यो ।राम्रै जनशक्ति उत्पादन भयो । तर यी शिक्षालयहरु चर्को महंगो सावित हुन गए । त्यसको फलस्वरूप नेपाली युवायुवति भारतका विभिन्न शिक्षालयहरुमा अध्ययन गर्न जाने क्रम फेरि बढ्न थाल्यो । भारतीय विश्वविद्यालयका संचालनकर्ताहरु राजधानी र अन्य शहरहरुमा ” शिक्षा मेला ” आयोजना गरी तत् तत् स्थानमा भर्ना गरेर लैजान थालेको छ । जथाभावी मेला आयोजना गर्ने काम कसैले नियन्त्रण र निगरानी गर्न सकेन ।