(११७) संविधानको प्रारम्भिक मस्यौदामा मैले निम्न प्रतिक्रिया र सुझावहरु वेव साइट मार्फत पठाएको छु ।

शिक्षण जीवनका अनुभवहरु ( ११७ )

२०७२ साउन ४ गते  सोमवार

संविधानको प्रारम्भिक मस्यौदामा मैले निम्न प्रतिक्रिया र सुझावहरु वेव साइट मार्फत पठाएको छु ।

( १ ) यस प्रस्तावनाको ” सामन्ती,निरंकुश,केन्द्रीकृत ,एकात्मक र ” शब्दहरुको स्थानमा।”पूर्व” शब्द मात्र राखेर आलोच्य वाक्यांश हटाउन उपयुक्त हुन्छ ।

( २ ) भाग ५ धारा ६० को उप-धारा ३ मा उल्लेख भएको “आठ” प्रदेशको स्थानमा “पाँच”
प्रदेश मात्र उल्लेख गर्ने । सीमाँकन र नामाँकनकोनिमित्त हालको पाँच विकास क्षेत्र नै प्रयोगमा ल्याउन सकिन्छ । यसलेगर्दा देशले आर्थिक भार पनि बहन गर्न सक्नेछ । यो सीमाँकन र नामाँकन भौगोलिक रुपमा सबैलाई मान्य हुनेछ ।