(१२४) भारतीय वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम रहेनन् ।

शिक्षण जीवनका अनुभवहरु ( १२४ )

२०७२ साउन  ११ गते  सोमवार

भारतीय वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम रहेनन् ।

मित्र राष्ट्र भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम रहेनन् । उनको देहावसान असममा अकस्मात् विरामी हुंदा भयो ।उनी भारतका रकेट वैज्ञानिक थिए । उनी missile man भनेर चिनिन्थे ।सन २००२ देखि २००७ सम्म उनी भारतका ११ औं राष्ट्रपति थिए । भारतीय जनता पार्टीका प्रधानमन्त्री अटल विहारी बाजपेयीले उनलाई राष्ट्रपति बनाउन भूमिका खेलेका थिए ।उनलाई विद्यार्थीहरु निकै मन पर्थ्यो । पढाउन अति नै सौखिन थिए ।राष्ट्रपतिकोलागि मनोनित गर्नु पूर्व उनलाई सोधिएको थियो , ” सर तपाई अहिले के गर्दै हुनुहुन्छ ?” तुरुन्तै जवाफ दिए,” भोलि पढाउनु पर्ने विषयको तयारी गर्दै छु ।”

नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय पहिलो पटक स्थापना गर्दा एक जना वैज्ञानिकको ठाउँमा एक जना सडक बनाउने ठेकेदारलाई मन्त्री बनाइएको थियो ।

अब्दुल कलामले भनेका थिए, ” मलाई माया गर्ने हो भने मेरो मृत्यु हुंदा देशमा विदा नदिनु , अझ बढी परिश्रम गरी काम गर्नु ।”

दिवंगत आत्माले चीर शान्ति पावस् भनी भनवानसंग प्रार्थना गर्दछु ।