शिक्षण जीवनका अनुभवहरु ( १२५ )
२०७२ साउन १२ गते मंगलवार
शिक्षक टाइम पिस बन्नु पर्दछ ।
शिक्षक बन्ने ब्यक्तिले सदा समय पालन गर्नु पर्दछ भनेर मेरा अग्रज आदरणी गुरुहरुले भन्ने गर्नु हुन्थ्यो । म शिक्षक बनेपछि यो कुरा अनुभूत गरें । समयमा विद्यालय पुग्ने गर्नाले प्र.अ. ,संचालक समिति र अभिभावक-विद्यार्थी सबै खुसी हुंदा रहेछन् । केही work cheat / काम ठग सहकर्मीहरु भने इर्ष्या गर्दा रहेछन् । यिनीहरु शिक्षण पेसालाई दोस्रो दर्जाको ठान्ने, प्लेट फर्म बनाइ कुरेर बस्ने र मौका पाउनासाथ अर्कै पेसामा लाग्ने खालका हुन्छन् ।समयमा पुग्नु, समयमा कक्षा लिने, समयमा कक्षा छाड्ने र निर्धारित समयमा उत्तरपुस्तिका परीक्षण गरी रिजल्ट दिने शिक्षकको प्राथमिकतामा पर्नु पर्दछ । लामो समयसम्म प्रधानाध्यापक हुंदा पनि मैले समय पालन गरें । शिक्षक टाइम पिस बन्नु पर्दछ ।