(१४०) शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १४० )

२०७२ साउन २८ गते विहिवार 

शिक्षककलाई वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।

विद्यालयको चौतर्फि विकासको दायित्व प्रधानाध्यापकमाथि निर्भर रहन्छ । तर नेपालमा शिक्षा क्षेत्रमा यतिविधि राजनीति हुन्छ कि जुन पार्टीको सरकार बन्छ, त्यसै पार्टीको कार्यकर्तालाई विद्यालयको प्रधानाध्यापकमा नियुक्ति गरिन्छ। स्थानीय विद्यालयमा  उपलब्ध नभए अन्यत्रबाट सरुवा गरेर ल्याइन्छ । २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो। शिक्षामा काँग्रेसीकरण भयो । वरिष्ठलाई छाडी कनिष्ठलाई प्रधानाध्यापक बनाउन थालियो । संचालक समिति पनि त्यसै मुताबिक बन्न थाले । क्याम्पस र विश्वविद्यालय पनि यही नीतिमा चल्न थाल्यो । एमाले सरकारमा आउँदा यही नियती दोहरियो । एमाओवादीको सरकार बन्दा त झन गहिरो भयो यो समस्या । जुन पार्टी सत्तामा आउँछ उसैको हालीमुहाली चल्ने । यसले शिक्षामा भाँडभैलो मच्चायो । ऐन,नियमहरु वस्तुपरक हुनु पर्दछ । प्राज्ञिक वरिष्ठता,योग्यता र क्षमताको आधारमा विद्यालयको नेतृत्व प्रदान गर्नु पर्दछ ।