शिक्षण जीवनका अनुभवहरु ( १४३)
२०७२ साउन ३१ गते आइतवार
बन्द गरौं “बन्द संस्कृति
आज नेपाल बन्द । ३३ दलीय गठबन्धनले आह्वान गरेको । बन्दकोलागि खर्च लागेछ, तीन अर्व ।यो बन्दमा नोक्सान हुंने अर्थतन्त्रको आँकड़ा हो । नेपालका राजनैतिक दलहरु कहिल्यै नसुध्रने भए । बन्द तिनीहरुको मौलिक अधिकार भइसक्यो । न पर्यटकसंग मतलब छ ,न अशक्तसंग । न बन्दब्यापार संग सरोकार राख्छौं , न त संविधान लेखनसंग सरोकार राख्छ । जनताको कन्तबिजोग भइसक्यो ।विकल्प किन सोंचदैनन् ? प्रतीकात्मक बन्द किन गर्दैनन् ?