( १६१ ) स्तरीय पढाइले विद्यालयको आर्थिक स्तरमा सुधार हुन्छ ।

( १६१ ) स्तरीय पढाइले विद्यालयको आर्थिक स्तरमा सुधार हुन्छ ।
          शिक्षण जीवनका अनुभवहरु 

                   प्रश्नकर्ता ३- ” विद्यालयको आर्थिक स्थिति कसरी सुदृढ पार्न सकिन्छ ?”
                    ” Quality education ( गुणात्मक शिक्षा ), योग्य,अनुभवी,तालिम प्राप्त अध्ययनशील र परिश्रमी  शिक्षकहरुको “Team Work”। त्यो टीमलाई प्रोत्साहन प्रदान गर्ने विद्यालय संचालक समिति ।यो अवस्थामा स्तरीय पठनपाठन हुन्छ । यस्तो पढाइ हुंने विद्यालयमा हुनेखानेहरुले आफ्ना सन्तति भर्ना गर्न ल्याउँछन् ।हुंदा खानेहरुले पनि गाँस काटेर नानीहरु भर्ना गर्न ल्याउँछन् । केही शल्क बृद्धि गरे पनि खुसीराजीले तिर्छन्, अभिभावकहरु ।”
प्रश्नकर्ता ४- अन्य केही उपाय पनि छन् कि, सर ?
                 ” छन्, हजुर । विद्यालयको सडक मोहडामा जग्गा, ज़मीन भए कवाल / पसल / सटर निर्माण गरी भाडामा लगाउने । यसबाट स्थायी आमदानी भई रहन्छ । स्थानीय सरकार – नगर पालिका / जिल्ला विकास समिति / NGO /  INGO संग आवधिक योजना देखाइ अनुदान माग गर्न प्रक्रिया चलाउने ।स्थानीय दाताहरुसंग अनुरोध गर्ने । भागवत महापुराणको आयोजना गरी दान संकलन गर्ने । संकलित रकम पूर्ण सदुपयोग गर्न सकियो भने नपुग रकम समेत माग गर्न मिल्छ ।” ( क्रमश: )…