( १७० ) आम नेपालीको मतको अवहेलना गर्नेहरुलाई पाप लाग्ने छ ।
दैनिक जीवनका अनुभवहरु
२०७२ साल भाद्र २९ गते मंगलवार
संविधान सभाले प्रारम्भिक मस्यौदा गरेको नेपालको संविधानमा आम नेपालीबाट राय सुझाव संकलन गर्दा देशलाई हिन्दू राष्ट्र कायम गराउनु पर्छ भनी ९० ( नम्बे ) प्रतिशतभन्दा बढी जनमानसले आफ्नो अभिमत जाहेर गरेका थिए । तर त्यस अभिमतलाई तीन ठूला दलले अनादर गरे । अवहेलना गरे । धार्मिक भावनामा बज्रपात गरे । नेपाललाई ” धर्मनिरपेक्ष” कायम गर्ने प्रस्ताव बहुमतले पारित गराए ।सनातनी धर्म परायण जनमानसको हृदयमा आघात पु-याए ।बहुमतको घोडा चढेर बहादुरी देखाए । आज हिन्दु धर्मावलम्बिहरु अवाक छन् । निराश छन् । आफूले चुनी पठाएका प्रतिनिधिले आफ्नै चीर हरण गरेकोमा प्रताडित छन् । राम्रो भएन । विश्वकै गौरव हरण भयो ।आम नेपालीको मतको अवहेलना गर्नेहरुलाई पाप लाग्ने छ ।