( १७२ ) नेपालको राजनैतिक ट्रेकिंगमा मोदी चिप्लिए ।
दैनिक जीवनका अनुभवहरु
२०७२ साल असोज १ गते शक्रवार
नेपालको संविधान सभामा गत वर्ष मित्र राष्ट्र भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले संबोधन गर्दा रृषि मनले १०० वर्षलाई पुग्ने गरी संविधान बनाउन शुभेच्छा ब्यक्त गरेका थिए ।सार्वभौंम नेपालको कदर र प्रशंसा गरेका थिए ।२०७२ बैशाख १२ को महाभूकम्पमा नेपाललाई असल र घनिष्ठ छिनेकीको नाताले भारतको तर्फबाट तदारुकतासाथ आपतकालीन राहत र मानवीय सहयोग पु-याएका थिए ।मोदी नेपालीको मन-मनमा छाएका थिए ।
संविधान लेखनको प्रक्रिया निर्णायक विन्दुमा आइ पुग्दा मोदी सरकारको नेपालप्रति अस्वाभाविक चासो देखा प-यो ।नेपालकालागि भारतीय राजदूत रन्जित रेले १५ दिन प्रक्रिया रोकेर भए पनि तराई-मधेसको मुद्दा संबोधन हुनु पर्ने आफ्नो सरकारको सन्देश सुनाएका थिए ।प्रमुख दलका प्रमुख नेताहरूलाई घर घरै भेटेर चासो राखेका थिए । दलहरुले पनि विषयको गाम्भिर्यतालाई बुझी दुई दिन भए पनि संविधान लेखनको प्रक्रिया स्थगन गरेर मार्ग प्रशस्त गरे । तर समाधानकोलागि बाटो खुल्न सकेन । संविधान लेखन प्रक्रिया पुन: शुरु भयो । अत्यधिक बहुमतले संविधान जारी भयो । सभासदहरुले हस्ताक्षर गर्ने र सभा मुखले प्रमाणीकरण गर्ने दिन पारेर भारतीय प्रधान मन्त्री मोदीले आफ्ना विशेष दूतका रुपमा विदेश सचिव एस.जयशंकरलाई राजधानी पठाए । विदेश सचिव जय शंकर ले राष्ट्रपति लगायत तीन दलका नेताहरु र आन्दोलित नेताहरुसंग भेट गरे । प्र.म. मोदी सरकारको तर्फबाट खुसी प्रकट गरे, प्रशंसा गरे । साथै आफ्नो गहिरो चासो राखे । जिम्मेदार दलका नेताहरुले नेपालको आन्तरिक समस्या आफै समाधान गर्न सक्षम रहेको दृढ़ सन्देश सुनाए । सहयोग र सद्भावको नाममा तीनतिर सीमा जोडिएको छिमेकी मित्रराष्ट्रले आवश्यकता भन्दा बढी चासो दिएको आम नेपालीको ठम्याइ छ ।
यसै क्रममा अर्का छिमेकी घनिष्ठ मित्र राष्ट्र चीने सर्व प्रथम खुसी चाहेर ग-यो । नेपालको राजनैतिक ट्रेकिंगमा मोदी चिप्लिए ।यहाँनिर भारतीय पुरातन Buaucracy को चक्रब्यूहमा मोदी फंसे ।
हामी विश्वस्त छौं, हाम्रा नेताहरु कुर्सीकोलागि अब दिल्ली धाउने छैनन् । आफ्नो समस्या आफै समाधान गर्ने छन् ।