( १७४ ) हाम्रा नेता राज नेता बनून् ।
दैनिक जीवनका अनुभवहरू
२०७२ साल असोज ३ गते
नेपालको सम्विधान २०७२ जारी भयाे । खुसी लागेको छ । जनताका प्रतिनिधिले लेखेकोमा । खर्चिलो र कान्छो संविधान बनेकोमा । दुख पनि लागेको छ । तराई अशान्त छ । छिटै पहिलो संशोधन गरी तराई मधेसको अात्मा पनि सहभागी गराउनु पर्दछ । असन्तोषको बिउ धेरै दिन रोपी रहनु हुन्न ।
अब नेपाली जनताले न्याय पाउने छन् । देश अार्थिक विकास तर्फ लम्कोस् । औद्योगिकीरणले देश स्वरोजगारमूलक होस् । नेताहरु इमानदार र नैतिक बनून् । कुर्सीकालागि लुछाचुंडी झगडा नगरुन् । कुनै बाहिरी गुरुको शरणमा पर्न नजाउन् । हाम्रा नेता राज नेता बनून् ।