( १७७ ) वार्ता र संवैधानिक प्रक्रियानिमित्त हाम्रा नेताहरू संवेदनशील बनुन् ।
दैनिक जीवनका अनुभवहरू
२०७२ असोज ६ गते बुधवार
नेपाल र भारत दुई मुलुक वीच सांस्कृतिक र धार्मिक घनिष्ठ सम्बन्ध छ । पौराणिक सम्बन्धले हेर्ने हो भने भारत ज्वाइ घर हो । नेपाल माइति घर । ज्वाइ ससुराको संबंध छ । जनकपुरका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथका छोरा श्रीरामसंग भएको इतिहास छ । जनस्तरको यो सम्बन्ध सौहार्द थियो । । छ । रहने छ । कहिलेकांही कर्मचारी वर्गको सामन्ति र हुकुमी स्वभावका कारण खिचखिच हुनु अस्वाभाविक मानिन्न । अहिले नेपालको संविधान २०७२ जारी भएपछि देखिएको अन्योल पनि नोकरशाहहरुको बेचैनी हो । हाम्रा तराई मधेसका नेताहरुको रुवाइको उपज पनि हो भन्ठान्नु पर्छ । नेपाल र भारत दुबै असल छिमेकी हुंन् । हाम्रा प्र म र भारतीय प्र म दुबै असल राजनीतिक कर्मी हुन् । नेपाली जनताको अभिमतको सम्मान भारतीय जनताले पनि गर्ने छन् । तराई मधेसको सीमांकन र अधिकारको प्रत्याभूति छिटो भन्दा छिटो वार्ता र संवैधानिक प्रक्रियाबाट हुनु अत्यावश्यक छ । हाम्रा नेताहरू संव्दनशील बनून् ।