( १७८ ) तीन दलले तराई केन्द्रित सभा गरी स्थिति अवगत गराउनु पर्दछ ।

( १७८ ) तीन दलले तराई केन्द्रित सभा गरी स्थिति अवगत गराउनु पर्दछ ।
दैनिक जीवनका अनुभवहरु
२०७२ साल असोज ७ गते विहिवार

नेपालको संविधान, २०७२ जारी भएदेखि तराई मधेस केन्द्रित पार्टीहरुले अान्दोलन तीब्र पार्दै छन् । ४१ दिन भयो यो क्रम । ब्यापारी, उद्योगी, दिन कमाइ गुजारा गर्नु पर्ने र सर्वसाधारणलाई मर्का परेको स्वरहरू गुंजाएमान भएका छन् । संविधान बारे केही भ्रम पनि सिर्जना भईरहेको हुंन सक्छ । यस्तो भ्रम चीर्न जरुरी छ । संविधानका विशेषताबारे तराईका अाम जनतालाई सुसूचित गर्न ब्रिहत अाम सभाहरु अायोजना गरी तीन दलका शीर्षस्थ नेताहरू तथा जिम्मेवार ब्यक्तित्वहरुले संबोधन गर्नु समयोचित हुंनेछ । वार्ताद्वारा समस्या समाधान गर्न तर्फ सबै पक्ष लाग्नु जरुरी देखिन्छ । तराई वढी भड्कन दिनु हुंदैन ।