शिक्षण जीवनका अनुभवहरु (६७)
२०७२ जेष्ठ ९ गते शनिवार
राष्ट्रिय शोक घोषणा हुनु पर्छ । दसैं तीहार चाडपर्व भडकिलो हुनु हुंदैन ।
२०७२ वैशाख १२,१३ र २९ को महाभूकम्पले विपत् ल्याई हजारौंको मृत्यु र असंख्य जनता आश्रयविहीन भई बिचल्लीमा परेका छन् । देश नै शोकमा डुबेको छ । यस परिस्थितिमा देशमा केही दिनकालागि राष्ट्रिय शोक घोषणा हुनु पर्ने हो । अन्तराष्ट्रीय प्रचलन पनि यस्तै रहेको छ ।
देश संकटग्रस्त अवस्थामा गुज्रने निश्चित छ । सरकारी फजुल खर्च र केही मन्त्रालयका कर्मचारीका ५० देखि १०० प्रतिशतसम्म खाई रहेको प्रोत्साहन भत्ता काट्ने निर्णय भएको छ । यस वर्षको दसैं तीहार चाडपर्व पनि भडकिलो तवरले नमनाउने तर्फ विचार पुर्याउनु पर्दछ । असंख्य नागरिक शोकाकुल भएको वेला अर्का नागरिकले अवश्य पनि पीडामा मलहम लगाउन अग्रसर हुनेछ ।