शिक्षण जीवनका अनुभवहरु (६९)
बुटवल ।
२०७२ जेष्ठ ११ गते सोमवार
नेताले जनताका मन जित्ने बेला अहिले नै हो ।
प्रथम संविधान सभाको अवसानपछि नेताहरु अप्रिय भएका हुंन् । दोस्रो संविधान सभाको निर्वाचनपछि २०७१ माघ ८ गते नै संविधान जारी गर्ने नेताहरुको प्रतिबद्धता वालुवाको महल सिद्ध भएपछि मतदाता जनताकालागि नेतागणले लुच्चा साबित भए । तिनीहरु धर ज्वाइ पालिएझैं अप्रिय हुन थाले । जनताकालागि बोझ नै भए ।भरोसा टुट्यो । विश्वास घात भयो ।
प्रजातन्त्रमा जनताकै प्रतिनिधिले शासन चलाउने हो ।अर्को विकल्प हुन्न । तर हाम्रा नेताहरु दूरदर्शि कहिल्यै भएनन् ।
यसैबीच २०७२ वैशाख १२/१३ र २९ गते सम्म लगातारको महाभूकम्प र यस्का पराकम्पनहरुले असंख्य जनताको जीवनको क्षति भयो । परिवारजन शोकमा डुबे । हजारौं हजार घाइते भए । घरवासको भौतिक क्षति भयो । अन्नपानीको विनाश भयो ।आकाशमुनि वास भयो ।रोदन,क्रन्दन र आत्मपीडाले आक्रान्त भए ।
अब यही मौकालाई क्याश गर्ने हो भने नेताहरु घर दैलोमा पुगेर दु:खेको मनमा मलहम लगाउन सक्नु पर्यो । जन सेवा अभियानमा होम्मिनु पर्यो । गुमेको इज्जत फर्काउने उचित समय हो यो ।योजना र राहतकासाथ जनताको घरवास वसाउन तत् तत् स्थानमा जानु पर्यो ।
यदि यो कार्यक्रममा पनि नेताहरुको नराम्रोसंग विचलन भएमा नेतातन्त्र कै अस्तित्वमा प्रश्नचिन्ह खडा हुनेछ ।