(८१) प्रचण्ड गर्मी

शिक्षण जीवनका अनुभवहरु ( ८१ ) 

२०७२ जेष्ठ २४ गते आइतवार

प्रचण्ड गर्मी

तराईमा ४३.३ डिग्री सेल्सियस र उपत्यकामा ३६ डिग्री हाराहारी तापक्रम रेकर्ड हुनु प्रचण्ड गर्मीको नमूना हो । आफ्ना दैनिकीकोनिमित्त मानिस जाँदैनन् बाहिर । बजारमा हुंदैन कुनै चहलपल । तराईमा “लू” ( तातो हावा ) चल्छ । डिहाइड्रेसन ( शरीरको पानी सुक्नु ) हुन सक्छ । उदाहरणकोलागि अण्डा भित्र ल्याल्ल परेको तरल पदार्थ हुन्छ । त्यसलाई उमाल्दा अण्डा जमेर कडा हुन्छ । ठोस बन्छ । हामी फोकेर खान सक्छौं । तापले पानी सुकाउँदा अण्डाको यस्तो गति हुन्छ । यसरी नै धेरै गर्मी भयो भने हाम्रो शरीरको पानी सुकेर रक्त संचार बन्द हुन्छ । अनि मृत्यु हुन्छ ।  लूबाट बच्न प्रशस्त पानी, जुस, रस,फलफुल सेवन गर्नु पर्दछ । बाहिर घाममा जानु हुंदैन । पातलो कपडा टाउकोमा बेर्नु पर्दछ । छाताको प्रयोग गर्नु पर्दछ ।