शिक्षण जीवनका अनुभवहरु ( ८७ )
२०७२ जेष्ठ ३१ गते आइतवार
भूकम्पले ल्यायो दुई अवसर : संविधान बनाइ सरकार परिवर्तन
२०७२ साल वैशाख १२ / १३ र २९ गते आएको महाभूकम्प र त्यसका पराकम्पनहरुले नेपाली राजनैतिक जीवनमा पनि पैह्रो ल्याइ दिएकोछ । प्रथम संविधान सभाको अवसान र दोस्रोलाई पनि कोमामा पठाउने बेला भएको वेलामा भूकम्प आयो । यसले राष्ट्रिय राजनीतिमा सजगता ल्याइ दिएकोछ ।चिल्ला चिल्ला कुरा गरेर चिल्लै रोटी खाने बानी परेका नेताहरूलाई दिउँसै भयावह सपना देखाइ दिएकोछ ।अब पनि केही नगरी संविधान नदिइ म्याद गुजारेमा यी नेताहरुको अस्तित्व समाप्त हुने पक्का पक्की छ । यसर्थ supper fast track हाट संविधान बनाउन चार दलीय सहमति र सोह्र बुंदे सम्झौता / सहमति आयो । बृहद राष्ट्रिय पुन:निर्माणको नया सरकारमा सत्ता आरूढ हुंने । सत्ताका पद सोपानहरुको भागबण्डा गर्ने । एमालेले प्रधानमन्त्री लिने ।एमाववादी सरकारमा जाने । अन्य पनि यही ताकमा छन् । यो परिस्थितिजन्य उपज हो । जे होस् , नेताका योजना सफल होस् । जनताको हक हितमा संविधान बनोस् । भत्किएका घरहरु र भड्किएका नेपाली भरहरुलाई संयोजन गरी नेपालको निर्माण होस् । अस्तु ।