शिक्षण जीवनका अनुभवहरु ( ९३ )
२०७२ असार ६ गते आइतवार
सामुदायिक विद्यालयको एस. एल. सी.नतिजामा उकालो किन ?
वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले अभिभावकको जीवन स्तरमा सुधार भएकोले तिनका छोराछोरीको पढ़ाइमा पनि गुणात्मकता आएको हो । यसै कारण तिनीहरुको पोषणमा स्तरियता आयो । आवश्यक शैक्षिक सामग्री र गेस पेपर गाइड बुक चाहिएको वेलामा किन्न सक्यो । कमजोर विषयहरुमा प्राइभेट ट्यूसन लिन सक्ने क्षमता भयो । यो सबैले गर्दा तिनीहरुमा आत्मविश्वास बढ़्यो । परिणामत: तिनीहरुको एस.एल. सी. नतिजा उच्च अंककासाथ पास हुने गरी सुधार भयो । यसको साथ साथै २०६२ / २०६३ मा १० वर्षे जनयुद्ध समाप्ति भएर देश शान्ति स्थिरताको गोरेटोमा हिडेको कारक तत्वलाई पनि नकार्न सकिन्न है ।
यो नतिजामा उत्तरोत्तर सुधार ल्याउन निम्न कुरामा पनि सम्बंधित सबैले ध्यान दिनु पर्दछ ।
१ / जेष्ठता / उपल्लो योग्यता भएका शिक्षकलाई विद्यालयमा नेतृत्वदायी भूमिका दिने ।
२ / नेता, कर्मचारी र शिक्षक स्वयंले आफ्ना सन्ततिलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्ने । र यसबापत कर्मचारी वर्णलाई पदोन्नति गर्दा २ / ३ अंक प्रदान गर्ने ।
३ / शिक्षकको तलबमानमा ५० % ले बढाउने ताकि उनीहरुलाई “हेलमेट टिचर” बन्न नपरोस् । ( क्रमश: )