शिक्षण जीवनका अनुभवहरु ( ९४ )
२०७२ असार ७ गते सोमवार
घरमा आइ पर्ने काम गर्नु पनि व्यवहारिक शिक्षा हो
गृह नगर बुटवलमा म करिब ५ महिना बसें ।परिवार त विगत २० महिनादेखि त्यहाँ बस्दै आएकी थिईन् ।हामीले घर निर्माणको कार्य दत्तचित्त भएर सम्पन्न गर्यौं । ६ गते साँझ काठमाण्डौं आई पुग्यौं । थकान त थियो नै । सपना र विपनाले मिलेर भान्सा तयार पारे ।निद त्यत्ति लागेन । विहान गर्नु पर्ने सबै सरसफाइ गर्यौं । घरमा आइ पर्ने काम गर्नु पनि व्यवहारिक शिक्षा हो । मध्यान्ह बाहिरको केही जरुरी काम गर्यौं । दुई डोको काम भ्यायौं । लखतरान भएं । जीउ लत्रियो । क्रमश: लेख्ने भनेको ब्लग लेख्नै सकिन । प्रयास गरें । आईप्याडमाथि नै झुकु-झुकु निंद लाग्यो । निन्द्रा देवीको काखमा शरण लिएं ।