(९५) विषयहरुको अनिवार्यताले गर्दा पनि अनुत्तीर्ण संख्या बढेको हो ।

शिक्षण जीवनका अनुभवहरु ( ९५ )
२०७२ असार ८ गते मंगलवार

विषयहरुको अनिवार्यताले गर्दा पनि अनुत्तीर्ण संख्या बढेको हो ।

एस.एल.सी.मा नतिजाको प्रतिशत घटाउने कारक तत्व पाठ्यक्रममा अनिवार्य गरिएका विषयहरु पनि हुन् । अंग्रेजी विषयमा जनजाति विद्यार्थी र दूर दराजमा बस्ने किशोर किशोरीहरु फेल हुने गरेको पाइन्छ ।अंग्रेजी उनीहरुकोलागि अभाषिक विषय हो ।त्यसको सट्टा स्थानीय भाषा वा कुनै सीपसंग संबंधित विषय छनौट गर्न दिनु पर्दछ । यसलाई एेच्छिक बनाइनु पर्दछ ।

फेरि अर्को अनिवार्य विषय हो – अनिवार्य गणित । यस अन्तर्गत पढाइने ज्यामिती र बीजगणित धेरै विद्यार्थीको दैनिक जीवनमा व्यवहारमा नआउने अस्वादिलो वस्तु हो । यसमा रहेको अंकगणित दैनिक जीवनसंग सरोकार राख्ने विषय हो । यसलाई बरु छुट्टै भार दिई पूर्ण विषय बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

पहिला विज्ञान विषय एेच्छिक थियो । सक्नेले लिन्थे, पढ्थे । डाक्टर हुने लक्ष्य राख्नेले पढ्थे ।अहिले अनिवार्य गरिएकोछ । सबैको रुचि भन्दा बाहिरको विषय हुन् गयो । ( क्रमश: )