शैक्षिक जीवनका अनुभवहरु (३८ )
२०७२ वैशाख ११ गते शुक्रवार
विद्यार्थीहरूलाई जिज्ञासु बनाउन के के गर्न सकिन्छ ?
प्रतिदिन शिक्षण कार्यकलाप प्रारम्भ गर्नु भन्दा पहिले विद्यार्थीहरूलाई जिज्ञासु, जागरुक वा उत्सुक बनाउन केही न केही क्रिया ( action ) गर्नु पर्दछ । ती निम्न हुन सक्दछन् ।
१ / सामान्य ज्ञानसंग सम्बन्धित २ / ३ प्रश्न सोध्ने ।
२ / अखबारको कुनै महत्वको फोटो कटिंग ल्याएर देखाउने, त्यसबारे प्रश्न सोध्ने ।
३ / छोटो जोक / हँस्यौली / ठट्यौली सुनाउने वा विद्यार्थीलाई सुनाउन लगाउने ।
४ / उखान, टुक्का सुनाइ अर्थ सोध्ने ।
५ / गीत गाउन लगाउने । गीत सुनाउने।
६ / कुनै शब्दको हिज्जे भन्न लगाउने ।
७ / कुनै चरा, जानवर र ब्यक्ति विशेषको आवाजको वा नक्कल गर्न लगाउने । इत्यादि ।