(११९) आज १०:१५ बजे राति फेरि भूकम्पको पराकम्पन

शिक्षण जीवनका अनुभवहरु ( ११९ )

२०७२ साउन ६ गते  बुधवार

आज १०:१५ बजे राति फेरि भूकम्पको पराकम्पन

९:४५ राति भंगेरीहरु रूखबाट उडेर चिरबीर- चिरबीर कराउन थाले। यो संकेत राम्रो छैन । कतै भूकम्प आउने त हैन ? भनेर कुरा चल्दै थियो । तर कौवा कराएको छैन भन्ने कुरा पनि भयो । यो वर्षायाम भरि  के के होला खै ? टुरिष्टहरु पनि कतै आएका छैनन् ।तिनका देशहरुले उर्दी वै जारी गरेका छन् । यस्तै छलफल हुंदै थियो ।आधि घंटापछि भूकम्प गयो। झस्कायो सबैलाई ।४.५ रेक्टर स्केलको थियो ।

भंगेराले ३० मिनट पहिले नै थाहा पाउने रहेछ भन्ने ज्ञान भयो ।