( १६७ ) राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ ।
दैनिक जीवनका अनुभवहरु
२०७२ भाद्र २६ गते शनिवार
हिमाल,पहाड र तराई एकीकृत भई नेपालको भूगोल बनेको हो । संविधान सभा – २ ले नयाँ संविधान लेख्ने प्रक्रिया पूरा गर्न लागेको बेलादेखि सीमाँकन र प्रदेशमा समावेसी मुद्दालाई लिएर तराई मधेसको दैनिक जन जीवन
आन्दोलित भएको छ । सुरक्षाकर्मीहरुको गोली लागी सर्वसाधारणको ज्यान गएको छ । आन्दोलनकारीहरुको क्रुरतामा परेर प्रहरी हाकिम र जवानहरुको हिंसक तरिकाबाट मृत्यु भएको छ । सम्पूर्ण तराई-मधेश आन्दोलित छ । सद्भाव र शान्ति खलबल हुनेगरी हिंसा बढेको छ । देशको एउटा भू-भाग रक्तरंजित छ । तर अर्को भूभाग- राजधानीमा संविधान लेखनको हतार छ ।जलेको तराई-मधेशलाई संबोधन नगरी संविधान ल्यायो भने त्यो चीरकालसम्न दीगो हुन सक्दैन । निषेधको राजनीति त्याज्य छ । सहमतिको विन्दुमा सबै आउनु नै पर्दछ । राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ । २४० वर्षदेखि तराई सशक्तिकरण हुंन पाएको थिएन । त्यसकै उपज हो त्यो आन्दोलन । अब विगतबाट पाठ सिकेर राष्ट्रिय राजनीतिको धार समन्वयकारी हुनु पर्दछ । दंभ र प्रमाद कसैले नदेखावस् ।आन्दोलनकारी पनि वार्ताको टेबुलमा आई आफ्नो हक अधिकारकोलागि बहस गर्नु पर्दछ । संविधान सभा बाईकट गरेर हल निक्लंदैन, माननीयहरु । तपाईहरुलाई जनताको अभिमत के छ ? संविधान सभा भित्रै बहस र तर्क गरेर समस्या समाधान गर्नु पर्दछ ।