शिक्षण जीवनका अनुभवहरु (१४ )

शिक्षण जीवनका अनुभवहरु ( १४ )

सामुदायिक विद्यालयमा आर्थिक रुपमा सक्षम अभिावकहरुका सन्ततिहरुको संख्या बढाउने हो भने दैनिक पठनपाठनमा स्तरियता ल्याउनु नै पर्दछ ।गणित, विज्ञान, कम्प्यूटर विज्ञान र अंग्रेजी विषयहरुको पढाइको माध्यम अंग्रेजी नै गरिनु पर्दछ ।

यी विद्यालयहरुमा चाहिने न्यूनतम योग्यता भन्दा बढी शैक्षिक योग्यता हासिल गरेका शिक्षकहरु हुन्छन् । उनीहरु तालीम प्राप्त र धेरै वर्षदेखि पढाइरहेका हुन्छन् । विद्यालय प्रशासन र व्यवस्थापन समिति मिलेर उनीहरुको इच्छा शक्ति ( will power ) लाई जगाउनु पर्दछ । यसो गर्न दैनिक विद्यालय संचालन गर्ने “manager” ( म प्रधानाध्यापकलाई म्यानेजर भन्न मन पराउँछु ) ले योजना बनाइ छलफल गराउनु पर्दछ । निजले म “हाकिम” हुँ भन्ने अहं ( ego) त्याग्नु जरुरी छ । उनी त “टीम म्यानेजर ” हुंन् । 

उनले पूर्ण रुपमा आफूलाई शैक्षिक व्यक्तित्वको (academic figure ) रुपमा प्रस्तुत गर्नु पर्दछ । विद्यालयमा Team Work ले काम गर्यो भने आशातित सफलता पाउन सकिन्छ ।