शैक्षिक जीवनका अनुभवहरु ( ४२ )
२०७२ वैशाख १५ गते मंगलवार
महाभूकम्प पश्चातको आवश्यकता र अवस्था
महाविनाशकारी भूकम्पपछि विपद पीडित सर्वसाधारणलाई निम्न कुराहरुको आवश्कता पर्दछ । तर भूकम्पले प्रताडना गरेको चौथो दिन भईसक्दा पनि निम्न स्थिति देखा प-यो ।
१/ आतंकित ,त्रसित र पीड़ितलाई सान्त्वना, भरोसा र राहत चाहिन्थ्यो । तर प्राप्त भएन । पीडित माझ स्वयंसेवकहरु,नेता ,सरकारी प्रतिनिधिको उपस्थिति विरलै देखियो ।
२/ सय भन्दा बढी राजनैतिक दलहरु भएपनि तिनले कार्यकर्ता परिचालन गरेको देखिएन ।
३/ तत्कालै पु-याउनु पर्ने पानी र औषधिको अभाव रह्यो । तदारुकतासाथ व्यवस्थापन गर्नु प-यो ।
४/ जताततै फोहर थुप्रियो ।प्रभावकारी सरसफाइ व्यवस्थापन भएन ।नगरपालिकाहरु सक्रिय रहनु प-यो ।
५ / अत्यावश्यक खाद्य सामग्री सुपथ मूल्यमा सुलभ हुनु पर्थ्यो । अभाव र कालाबजारी पल्क्यो । कड़ा कार्यवाही हुनुपर्छ् ।
६ / संरचना ध्वस्त भएका विद्यालयको पुनर्संरचनानिमित्त सरकारले अनुदान प्रदान गरी विद्यार्थीको पठनपाठन सुचारू गर्न लगाउनु पर्दछ ।
७/ भग्नावशेषभित्र जीवितै रहेकाको जीवन तत्कालै बचाउनु पर्दछ । तर आवश्यक उपकरणहरुको अभाव रह्यो ।
८ / गन्तव्यतिर जानआउन सहज यातायात सेवा प्राप्त भएन ।यातायातको खपिनसक्नु मनपरी भाडा बढ्यो ।सरकार रमिते बन्यो ।
९ / सरकारसंग सवारी साधन छैन । भएको साझा यातायात पनि परिचालन भएन ।
१० / उद्धार कार्य सबै सहर केन्द्रित रह्यो। गाउँ, पहाडमा पुग्न सकेन ।