शैक्षिक जीवनका अनुभवहरु ( ४८ )
२०७२ वैशाख २१ गते सोमवार
बुद्ध हाम्रो देशमा किन यस्तो अशान्ति ?
आज २५५९ औं जयन्ती ।
शान्तिका प्रतीक हे बुद्ध ! प्रणाम् । तपाईको जयन्तीमा आज केही प्रश्न सोध्न चाहान्छु । जवाफ नदिइकन समाधान मात्र गरिदिनु होला ।
१ / तपाईको जन्म थातथलो नेपालमा किन अशान्ति भईरहेको छ ?
२ / नेपालमा १० वर्षे जनयुद्ध किन भयो ?
३ / राजाको वंश नाश किन हुन गयो ?
४ / पहिलो संविधान सभा संविधान नबनाइकन किन अवसान भयो ?
५ / दोस्रो संविधान सभाका सभासद्हरुले अहिलेसम्म किन संविधान बनाई जन इच्छा पुरा गर्न सकेका छैनन् ? के संविधान पनि बारह बुंदे, अनि के के बुंदे जस्तै नयाँ दिल्ली मै बनेर त आउने होइन ?
६ / २०७२ साल भित्रै नेपालमा नै बनोस् है, तथागत ?
७ / २०७२ वैशाख १२ र १३ गतेको विनाशकारी महाभूकम्प किन आयो, प्रभु ?
८ / नेताहरू किन आपसमा फुटेका ? यी जुट्ने कहिले ? यिनले चुस्ने कहिले सम्म, भन्टे ?
९ / गाईप्राणी नेपालीले अझ कति सहनु पर्ने, गौतम बुद्ध ?
१० / नेपालीले ढुक्कसंग बाँच्ने र गरी खान पाउने दिन कहिले आउला, शान्ति दूत ?