शैक्षिक जीवनका अनुभवहरु (५३ )

शैक्षिक जीवनका अनुभवहरु (५३ )
२०७२ वैशाख २६ गते शनिवार
लसरल्लै सडकमा सुते बटौली वासीहरु

हाम्रो एकता मार्ग टोलवासीहरू पनि १३ गते आइतवार नजिकैको अन्तराष्ट्रीय सिद्धाश्रम साधक परिवार निखिल चेतना केन्द्रमा रात विताउन गयौं । राजधानी लगायत देशका अन्य क्षेत्रमा भएको जनधन र भौतिक संरचनाको विनाशले सबैलाई पीर पारेको बारे नै रातभर कुरा भई रह्यो । आफन्तीलाई फोन सम्पर्क गर्ने प्रयास भयो । सम्पर्क भएन । चिन्ता ग्रस्त पारेको थियो सबैलाई ।