शिक्षण जीवनका अनुभवहरु ( ६२ )
२०७२ जेष्ठ ४ गते सोमवार
नेपालको कुनै पनि भू-भागमा बसोवास गर्न पाउनु नागरिकको मौलिक अधिकार हो ।
फेसबुक र टुइटरमा सद्भावना आन्ददेवीका सरिता गिरीले भूकम्पले गर्दा वसोवास गर्न जोखिमपूर्ण पहाडी भू-भागका वासिन्दालाई तराईको भू-भागमा स्थानान्तरण गर्ने विषयलाई राजनैतिक रंग दिन लागेको अभिव्यक्ति दिनु भएको पढ्ने मौका पाएँ । अहिलेको आक्रान्त परिस्थितिमा यसो भन्नु उपयुक्त छैन । नेपाली मात्रले शान्तिपूर्ण सम्मानित जीवन बाँच्न पाउनु मौलिक हक हो । मानवचित अधिकार हो । अभिव्यक्ति साँचो हो भने आपत्तिजनक छ । भूल सुधार गरी फिर्ता लिनु पर्छ । मैले र असंख्य मित्रहरुले त विद्यार्थी जीवनदेखि नै एउटा नेपाली नागरिक देशको जुनसुकै भागमा शान्तिपूर्वक वसोवास गर्न पाउँछ भनी पढेका थियौं ।