शिक्षण जीवनका अनुभवहरु (७५)
२०७२ जेष्ठ १७ गते आइतवार
विद्यार्थी सजीव र चेतनशील प्राणी हुन् ।
विद्यार्थीलाई एकाग्रचित्त पार्न शिक्षकले केही जुक्ति निकाल्नु पर्दछ । कक्षामा भएका विद्यार्थीहरु पूरै समय एकाग्र हुन सक्दैनन् । एक पछि अर्को शिक्षण विधि जस्तै प्रवचन, छलफल, प्रश्नोत्तर, प्रयोगात्मक र यस्तै अन्य विधि प्रयोग गर्दै जानु पर्छ । विद्यार्थी सजीव र चेतनशील प्राणी कै ईकाई हुन् । अत: दश मिनटसम्म विद्यार्थीलाई एकाग्रचित्त पार्न सकियो भने पनि शिक्षण प्रभावकारी हुन जान्छ । शिक्षण कार्यकलापकै समय पारी उनीहरुलाई ब्यक्तिगत, समूहगत र कक्षाका पूरै विद्यार्थीहरु समावेश हुने गरी ड्रिल पनि गराउनु आवश्यक हुन जान्छ । कक्षामा बढी हल्ला भयो भने छोटो समयकोलागि लिखित कक्षा कार्य दिएर पनि एकाग्र गर्न सकिन्छ ।