शिक्षण जीवनका अनुभवहरु (९० )
२०७२ असार २ गते
जीवनमा पीडा खेप्ने विद्यार्थी भविष्यमा स्वाभिमानी र आफ्नो पौरखमा बाँच्ने नागरिक बन्दछ ।
२०७२ साल वैशाख १२ / १३ / २९ को भूकम्पलाई प्रत्यक्ष भोग्ने अधिकाँश विद्यार्थीहरु भविष्यमा सम्वेदनशील हुंने छन् । किनभने, उनीहरुले भूकम्पले घरहरु गरल्यामगुर्लुम भत्काएको,धँसाएको, लडाएको देखे । हाम्रा बाजे बाआमाले घर कच्ची बनाएको भन्ने महसूस गरे । कार्यालय भवनहरु मापदण्ड विपरित बनाउनुमासाथै गुणस्तरहीन सामग्री प्रयोग गरेको बुझे ।परिवारका स्वजन वित्दा विपत् आईपरेको ज्ञात गरे ।विपत्मा संयमपूर्वक मिलेर काम गर्नु पर्ने पाठ सिके । टोलछिमेकमा आपसमा मिलेर काम गर्नु पर्ने मेलमिलाप सिके । गाउँमा एकले अर्कालाई आलोपालो सघाउने र ऐंचोपैंचो गर्नु पर्ने अनिवार्यता बोध गरे ।सरकार र दाताको मुख मात्र ताक्नुको बदलामा आ-आपसमा सहयोग सद्भाव राखेर अघि बढ्नु पर्ने कुरा सिके ।प्रकृतिले उँचनीच,धनी- गरीव नभनी समान व्योहार गर्दछ । ( क्रमश: )