शिक्षण जीवनका अनुभवहरु ( १०४ )
२०७२ असार २१ गते सोमवार
त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो ।
विक्रम शम्बत २०२७ मा म पहिलो पटक शिक्षक पदमा नियुक्ति भएं । विद्यालय थियो बुटवलको नि:शल्क अनिवार्य प्राथमिक पाठशाला संख्या नं. १ ( हालको कालिका माध्यमिक विद्यालय ) । तत्कालिन बुटवल -खस्यौली नगर पंचायतले ५ वटा नि:शुल्क प्राथमिक विद्यालयहरु संचालन गरेको थियो । यो कार्यक्रम नेपाल अधिकाज्यमा नै पहिलो नमूना थियो । मैले ३ ,४ र ५ कक्षालाई अंग्रेजी र विज्ञान पढाउने ज़िम्मेवारी पाएँ । पहिलो दिन पहिलो कक्षा ४ लाई पढ़ाएँ ।छात्राको संख्या कम र छात्राको संख्या धेरै । ४० – ४५ मिनट समय वितेको पत्तो नै भएन । पहिलो दिनमै विद्यार्थीहरुसंग घुलमिल भएँ । तर त्यसबेला शिक्षक र विद्यार्थीको दूरी लामो थियो । शिक्षक भनेपछि विद्यारथीहरु डराउँथे,टाढै बस्थे । शिक्षकले प्रश्न गर्दा उनीहरु जवाफ दिन पनि हिचकिचाउँथे । मौन रहन्थ्यो, कक्षाको वातावरण ।