(१०८) केहीले बल खुबै खेलाउँथे । केहीले एक किक पनि हान्न पाउँदैनथे ।

शिक्षण जीवनका अनुभवहरु ( १०८ )

२०७२ असार २५ गते शुक्रवार

केहीले बल खुबै खेलाउँथे । केहीले एक किक पनि हान्न पाउँदैनथे ।

२०२७ / २०२८ सालतिर खाली पिरियडमा विद्यार्थीहरूलाई भुलाउने माध्यम क्यारेम बोर्ड , लूडो, स्किपिंग, कबड्डी र  फुटबल आदि साधन प्रयोग हुन्थ्यो । यस बाहेकको अर्को साधन ” अन्ताछडी” थियो । अन्ताछडी खेलाउँदा सबैले रमाइलो माने पनि हल्ला बढी हुने गर्थ्यो । संगैको कक्षालाई बाधा हुन्थ्यो । यसर्थ खुल्ला चौरमा फुटबल खेलाउँथें ।रेफरी स्वयं बन्थें ।  संख्या र नियमको मतलब गरिन्नथ्यो । एउटा बल दिए पछि कक्षाका सबै मैदानमा दौडन्थे । केहीले बल खुबै खेलाउँथे । केहीले एक किक पनि हान्न पाउँदैनथे ।यस्तै खेलमा विद्यार्थी रमाउँथे । खाली घंटीमा विद्यार्थी कन्ट्रोल सजिलै हुन्थ्यो ।