(१२२) संविधानमा जनताको भावना समेटिनु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १२२ )

२०७२ साउन  ९ गते   शनिवार

संविधानमा जनताको भावना समेटिनु पर्दछ ।

यो साउन महिना सूर्योदयदेखि सूर्यास्त सम्म र राति सपनामा पनि जनताले आफूले चुनेर पठाएका सांसदहरुले आफ्नै संविधान बनाउन सफल हुंने छन् भन्ने अभिलाषा साँचेर बसेका छन् । सच्चा सभासद्हरुले जनताको आकाँक्षा अवश्य पूरा गर्ने छन् । जनता निराश भए भने फेरि तथाकथित साँसदहरु जनताको घर दैलोमा टेक्न जान सक्ने छैनन् ।उचित सुझावहरु संविधानमा समावेश गर्नु पर्दछ ।जनताको भावना नमेटिएको संविधानले जनतालाई अमनचैन दिन सक्दैन । नेपालीहरु संसारकै सिधासाधा प्राणीमा पर्दछन् । उनीहरुलाई धर्मको नाममा प्रताड़ना दिइनु हुंदैन ।भौगोलिक आधारमा विभाजन गर्न दिनु हुंदैन ।