(१२९) गुरुले मन लगाएर, ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।

शिक्षण जीवनका अनुभवहरु ( १२९ )
२०७२ साउन १७ गते आइतवार

गुरुले मन लगाएर,  ज्ञान गंगा बगाएर पढाउनु पर्दछ ।

दैनिक कक्षा शिक्षणको क्रममा गुरुले आफ्ना विद्यार्थीहरुलाई नयाँ नौलो ज्ञान सीपका साथै विषयवस्तुमाथि विस्तृत प्रकाश पारेर शिक्षण गर्नु पर्दछ ।विद्यार्थीले आफ्नो शक्ति अनुसार ग्रहण गर्दछन् । तर शिक्षकले शिक्षण गर्दा थप उर्जाका साथ पढाउनु पर्दछ ।