(१४२) कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )

शिक्षण जीवनका अनुभवहरु ( १४२ )

२०७२ साउन ३० गते शनिवार 

कहिलेकाँही विद्यार्थीहरुको साथ दिनु पर्छ ( Sometimes favor the students )

विद्यालयमा धेरै दिनको पठनपाठनको सिलसिलामा विद्यार्थीहरुलाई नियास्रो लाग्न सक्छ । उनीहरुले शिक्षकलाई केही प्रस्ताव राख्न सक्छ । जस्तै कि, आज खेल्न दिनुस् , आज पुस्कालयमा बसेर पढ्न पाउँ, कबड्डी खेलौं, बल खेल्छौं , कक्षामा जाडो भयो घाममा पढ्छौं आदि । मानी दिनु पर्छ, विद्यार्थीको प्रस्ताव । उनीहरु प्रफुल्ल हुन्छन् । तर याद राख्नुस् , उनीहरुसंगै सहभागी भएर खेलना भाग लिनुस् । यसो गर्दा दुई कुराको फाइदा हुन्छ । पहिलो , विद्यार्थीको मन पर्ने शिक्षक भइन्छ, दोस्रो कक्षा बाहिर पनि विद्यार्थी नियन्त्रित भइरहन्छन् ।