शिक्षण जीवनका अनुभवहरु (१५२ )
२०७२ भाद्र ८ गते मंगलवार
टीकापुर घटना : शान्तिपूर्ण आन्दोलनको मर्म विपरित
२०७२ भाद्र ७ गते सोमवारका दिन कैलाली जिल्लाको टीकापुरमा प्रहरीहरुमाथि जुन बरबर्तापूर्ण हमला भयो त्यो नितान्त निन्दनीय छ । त्यो शान्तिपूर्ण रूपमा हुंने भनिएको आन्दोलनको मर्म विपरित सिद्ध भएको छ । सीमाँकनको विषय लिएर धेरै दिनदेखि आन्दोलन भई रहेको थियो । त्यसले त्यो विभत्स रुप लेला भन्ने पूर्वानुमान थिएन । हाम्रा नेताहरु संविधान सभाको टेवुलमा बसेर निर्णय नगरी कोठा कोठामा बसेर मनमाना गर्ने बानीले गर्दा यो असंतोषको परिणाम् गोचर भएको हुनु पर्छ ।
संविधानमा जन्मने वेलाको प्रसव पीडाले आमा र शिशु दुबैलाई सुरक्षित अवतरण गरावस् भन्ने कामना गर्दछु ।