(१५५) सुन जस्तो सालको काठ साटेर लाभ लिन खोज्ने जिल्ल पर्यो ।
शिक्षण जीवनका अनुभवहरु
२०७२ भाद्र ११ गते शुक्रवार
२०४८ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसको सरकार बन्यो । गुह्येश्वरी माविलाई २०० क्युविक फिट काठ निकासा दिने निर्णय भयो । टिम्बर कर्पोरेसन ललितपुरबाट काठ निकासा भयो । स्थानीय एक मिलमा चिरान गरियो । त्यो काठ जस्तै लाग्दैन थियो । त्यो सुन चिराएको जस्तो भान पर्थ्यो । वि. सं. स. संरक्षक समेतको रोहबरमा विद्यालयमा ढुवानी गर्ने क्रममा एक जनाले -याल चुहाउँदै प्रस्ताव राखे ,”यो काठ दामी छ , यस्लाई मिलमा साटेर अर्को लैजाऔं । हामीलाई दुख गरेको केही चाहिन्छ ।” एकले अर्काको मुख हेर्यौं । संरक्षकले भने, ” निकृष्ट ।” लाभ लिन खोज्ने जिल्ल पर्यो । मुख कालो भयो ।
बाँकी भएका काठ चिरान गरी विद्यालय ल्याउन मिलमा दुई जना, बाटोमा दुई जना र ट्रकमा पनि दुई जनाले पहरा दिंदै चार दिन लगाएर काठ सही सलामत विद्यालयमा ओसार्यौं ।त्यो काठमा घपला गर्ने इच्छा राख्ने सदस्य हामीलाई सघाउन आएनन् ।( क्रमश:…)