( १६६ )  संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस् केही दिन ।

( १६६ )  संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस् केही दिन ।
           जल्दा बल्दा समस्या संबोधन होस् ।
           २०७२ साल भाद्र २५ गते शुक्रवार 
पूरै तराई मधेस आन्दोलित भएको छ । सरकारी कार्यालयहरु धमाधम आगजनी हुंदैछन् ।सर्वसाधारण अराजनैतिक ब्यक्तिहरु र किशोरहरु पुलिसको गोली लागी मृत्यु भएका छन् ।सुरक्षाकर्मीहरु मानिने क्रम रोकिोएको छैन ।  बन्द आदिले आम जनजीवन कष्टकर भएको छ ।उद्योग, ब्यापार व्यवसाय चौपट भएका छन् । त्रसित छन् सर्वसाधारण । अप्रिय घटना घटीहाल्छ कि भन्ने आशंका भई रहन्छ ।

यता काठमाण्डौंमा संविधान जारी गरी हाल्नु पर्ने हतारमा छन् , प्रमुख तीन दलका नेतागण । राप्रपा ( नेपाल ) संघारैमा आएर प्रक्रियाबाट अलग भएको छ । निषेधको राजनीति भयो भन्छ , राप्रपा नेपाल । तराई आधारित दलहरू पहिल्यै छाडी सके । गच्छदारको गठबन्धन पनि अलगियो । संविधान रक्तरंजित हुन जाला भनी हरेक सचेत नागरिक चिन्तित छन् । यस्तो हालतमा संविधान मात्र लेखेर जारी गर्दा नेपाली मात्रको पक्कै जीत हुने छैन । देशलाई आन्तरिक उपद्रोहमा जाकेर कस्ले पो विजयोत्सव मनाउला र ? यसर्थ राष्ट्रको बृहत् हितलाई शीरोपर गरी संविधान लेखन प्रक्रिया राष्ट्रिय स्वार्थकोलागि स्थगन होस्, केही दिन ।तराई लगायत अन्य जल्दा बल्दा समस्या संबोधन होस् । ६ वर्ष भन्दा बढी ढीलो भएको संविधान लेखाइ अरु पन्द्र दिन ढीलो भएमा केही फरक पर्ने छैन । यस्मा बेवास्ता गरी महोत्वाकाँक्षा पूरा गर्ने  जिद्दी गरिएमा देश चक्रव्यूहमा फंस्न सक्छ । बेलैमा चेतना भया …।